f t y
September 02, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

श्रीपशुपतिनाथमा विशेष महारुद्री र श्रीगुह्येश्वरीमा नवचण्डी परायणसहितको क्षमापूजा को आयोजना गरिने ।

02 September 2026
by
1 min read

राष्ट्रमा दिगो शान्ति,समृद्धि तथा लोककल्याणको कामनासहित श्रीपशुपतिनाथमा विशेष महारुद्री सहितको क्षमापूजा को आयोजना गरिने ।

राष्ट्रमा आइपरेको विकराल प्राकृतिक विपत्तिको सामना गर्दै सम्पूर्ण नेपाली जनताको सुख, दिगो शान्ति, समृद्धि तथा सामाजिक सद्भाव कायम होस् भन्ने पवित्र संकल्पका साथ आराध्यदेव भगवान् श्री पशुपतिनाथको पावन सान्निध्यमा यही मिति २०८३ साल भदौ १६ गते मंगलबार विशेष महारुद्री संकल्प सहितको क्षमा पूजा आयोजना हुने भएको छ।यस अवसरमा भगवान् श्री पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री पूजा, हवन तथा शान्तिपाठ गरिनेछ।

साथै, श्रीगुह्येश्वरीमा नवचण्डी परायणसहित क्षमापूजा तथा वैदिक विधि–विधानअनुसार शान्ति अनुष्ठान सम्पन्न गरिने तथा माता गुह्येश्वरी, नवशक्तिपीठ, भैरव, ११ महारुद्र, आगम घरका भगवान् तथा अन्य देवी–देवताहरूमा विशेष क्षमापूजा गरिने व्यहोरा सहस्र जानकारी गराइन्छ।

पशुपति क्षेत्र विकास कोष

संचालक परिषद

देवपत्तन काठमाडौं।

समय – विहान ८:००- दिउसो २:०० बजे सम्म

Padt User

Scroll to Top