f t y
September 02, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

भगवान श्री पशुपतिनाथ को पवित्रारोहण ( पुकाछा) पर्व

02 September 2026
by
1 min read

आज २०८३ भदौं ११ गते बिहिबार श्रावण शुक्ल चतुर्दशीको दिन आराध्यदेव भगवान श्री पशुपतिनाथ को पवित्रारोहण ( पुकाछा) पर्व मनाइन्छ । श्री पशुपतिनाथ भगबान लाई पनि बर्षको एकदिन पबित्र र सुध्दिकरण गर्न बिहानको अबिषेक संगै पंचगव्य ( गाइको दूध,ध्यू,दही ,गहुँत र गोबर मिलाएर ) स्नान र विधिवट पुजाआजा गरिन्छ ॥

त्यस्तै १५ दिन अगाडि देखि नै पशुपति स्थित शंकराचार्य मठमा बसेर भण्डार तहविलका विसेतनाइकेको नेत्रित्वमा विसेट ,मुलभण्डारी र रैरकमी सबै मिलेर बनाइएको काँचो धागोबाट ” पवित्रक मुकुट ” तयार पारिन्छ र उक्त पवित्रक मुकुट आज बिहान ८:०० बजे तिर मन्दिर जानु अगाडि नै शंकराचार्य मठमा भगवानको सुरछा दण्द आशा गुरुजू लिएर कोटवाल, मुलभण्डारी र अन्य रैरकमी सहित श्री पशुपतिनाथका मूलभट्ट र गुरु दछीनामुर्तिका राजोपाध्याय पुजारी सबै पुग्दछन र दुबै पुजारी भट्ट तथा राजोपाध्याय बसेर परम्परा बिधि बिधान अनुसार पुजाआजा गरिन्छ ॥

पुजा सकेर राजोपाध्याय पुजारीले उक्त मुकुट मूलभट्ट लाई सुम्पिन्छ त्यसपछि उक्त “पवित्रक मुकुट” पवित्र र पुण्यको प्रतिक को रुपमा मूलभट्ट आफैले बोकेर जात्रा गरेर पशुपतिनाथ मन्दिर परिक्रमा गराएर दछिण ढोका बाट प्रबेस गराइन्छ ॥

यसरी पबित्रक ल्याइसके पछि “श्री” को नित्य पूजाहरु चल्न थाल्छ । नियमित रुद्राबिसेक तथा श्रीयन्त्र पूजा सकिएपछि भगवानको नित्य लगाएको पोशाक उतारेर काँचो धागोबाट तयार पारिएको मुकुट भगवान श्री पशुपतिनाथ लाई पहिराइन्छ । यस प्रकार भगबानको पवित्रारोहण कार्य सम्पन्न गरिन्छ ॥साथै शंकराचार्य मठको आगनमा रहेका र पशुपतिका अन्य ठाउँमा अर्थात् १७ स्थानमा देवदेवीहरुलाई पनि पवित्रक माला पहिर्याउने प्रचलन रहेको देखिन्छ ॥

श्री को शंखजल सकेपछि श्री पशुपतिनाथ को प्रसाद पवित्रक माला मूलभट्टले अरु भट्ट र भण्डारी लाई पनि पबित्रक माला प्रसादि लगाइदिईन्छ । मन्दिरको काम सकेर मूलभट्ट बाहिर आएर पशुपति भण्डार (हाल भत्काएको अबस्था) मा गइ त्यहाँ रहेका विषेट नाइके र मुलभण्डारी लगायत रैरकमीहरुलाई पनि प्रसाद स्वरुप पवित्रक माला पहिराउने गरिन्छ । पबित्रारोपणको प्रसाद र पञ्चगव्य भोलिपल्ट मात्र सबै भक्तजनहरुलाई बाड्ने प्रचलन रहेको देखिन्छ ॥

र यस दिनदेखि जाडो मौसमको प्रारम्भ हुने मानिन्छ । यसै दिन भगवान शिबजी गोसाइकुण्ड जाने र त्यसको भोलिपल्ट जनै पूर्णिमाको दिन फर्कने बिस्वास गरिन्छ ।यसैकारण गोसाइकुण्डको मेला भर्न जानेहरु जनै पुर्णिमाको दिन फर्केर पशुपतिनाथको दर्शन गर्न आउने प्रचलन रहेको छ ॥

🙏जय श्री पशुपतिनाथ ॥

भगवान श्री पशुपतिनाथ ले सबैको कल्याण गरिदिनुहोस ।

Padt User

Scroll to Top