f t y
July 21, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

श्रावण सोमबारको पावन अवसरमा श्रद्धालु भक्तजनहरूको सहज, सुरक्षित, मर्यादित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनका लागि सम्पूर्ण तयारी सम्पन्न गरिएको छ।

20 July 2026
by
1 min read

आराध्यदेव भगवान् श्री पशुपतिनाथमा पाल्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरूमा हार्दिक स्वागत छ।

श्रावण सोमबारको पावन अवसरमा श्रद्धालु भक्तजनहरूको सहज, सुरक्षित, मर्यादित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनका लागि सम्पूर्ण तयारी सम्पन्न गरिएको छ।

यस अवसरमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित तथा व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूका साथै श्री पशुपतिनाथ मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ–संस्थाहरूको विशेष सहभागिता रहनेछ।

श्रावण सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित तथा व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गर्ने व्यवस्था निम्नानुसार गरिएको छ।

१. मन्दिर खुल्ने समय-

मन्दिरका चारै ढोका बिहान ३:०० बजे खुल्नेछन् र बेलुकी आरती सम्पन्न भएपछि राति ८:०० बजेसम्म दर्शनका लागि खुला रहनेछन्।

विशेष पूजा बिहान- ८:३० बजेदेखि १२:०० बजेसम्म मात्र हुनेछ।

विशेष सहुलियत दर्शन–प्रसादी बिहान मन्दिर खुलेदेखि बेलुकी आरतीसम्म उपलब्ध हुनेछ।

२. दर्शन लाइन-

भगवान् श्री पशुपतिनाथको दर्शनका लागि मन्दिरका चारै ढोकाबाट चारवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।

३. रुट नं. १

गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति हुँदै कैलाशस्थित नं. १ ढोकाबाट प्रवेश गरी त्यहाँ रहेको जुत्ता–चप्पल कक्षमा जुत्ता राखी रुद्रगाडेश्वरमाथिको बाटो हुँदै वासुकी मन्दिरबाट भगवानको उत्तर ढोकाबाट दर्शन तथा पूजा गरी पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।

४. बोलबम यात्रीका लागि- रुट नं. १ कै अर्को लाइन बोलबम यात्रीका लागि छुट्याइएको छ।गुह्येश्वरी–जयबागेश्वरी–दथुटोल–पाँचाटोल–बजार मूलढोका हुँदै कैलाश प्रवेश गरी रुद्रगाडेश्वरबाट उत्तर ढोकामा जल चढाउने व्यवस्था गरिएको छ।

५. रुट नं. २-

जयबागेश्वरी–बालकुमारी–भुवनेश्वरी हुँदै नासलचोकस्थित जुत्ता–चप्पल कक्षमा जुत्ता राखी झम्केश्वरी र्याम्पबाट मन्दिरको बायाँ सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाको र्याम्पबाट दर्शन–पूजा गरेर नन्दीलाई दायाँ पार्दै मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।

६. विशेष पूजा तथा विशेष सहुलियत दर्शन- पशुपति क्षेत्र विकास कोष कार्यालय तथा गौशालातर्फबाट आउने भक्तजन भुवनेश्वरी चोकस्थित भकुण्डोलको जुत्ता–चप्पल कक्षमा जुत्ता राखी दक्षिणतर्फको बज्रघरको सानो ढोकाबाट प्रवेश गर्नेछन्। बज्रघरमा टोकन लिएपछि उत्तरतर्फको भर्‍याङ हुँदै चौँसट्ठी बाहिरबाट दक्षिण ढोका–भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सम्पन्न गरी सोही बाटो फर्कने व्यवस्था गरिएको छ।

विशेष पूजा : बिहान ८:३०–१२:०० बजे

पञ्चामृत पूजा – रु. ३,१००

फलफूल तथा मिठाईसहितको पञ्चामृत पूजा – रु. ७,५००

७. रुट नं. ३-

पिङ्गलास्थान–सुमार्गी भवन–राजराजेश्वरी–पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरस्थित जुत्ता–चप्पल कक्षमा जुत्ता राखी दक्षिणको सानो ढोकाबाट प्रवेश गरी चौँसट्ठी परिक्रमा गरेर दक्षिणी ढोकाबाट दर्शन गरी दक्षिणतर्फको मार्गबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।

८. (विशेष सहुलियत दर्शन)-तिलगंगा टुरिस्ट गेटबाट विशेष सहुलियत दर्शनको टिकट लिएर राममन्दिरमुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै लामपाटीमा जुत्ता राखी बागमती किनार हुँदै आर्यघाटको भर्‍याङबाट पूर्व ढोकाबाट प्रवेश गरी विशेष सहुलियत दर्शन तथा प्रसादी ग्रहण गरी सोही बाटो फर्कने व्यवस्था गरिएको छ।

विशेष सहुलियत दर्शन- बिहान ३:०० बजे मन्दिर खुलेदेखि बेलुकी आरतीसम्म सञ्चालन हुनेछ।

विशेष सहुलियत दर्शन–प्रसादी – रु. १,०००

विशेष सहुलियत दर्शन–प्रसादीको रसिद : १. भुवनेश्वरी चोकस्थित लकर सेवाको माछापुच्छ्रे बैंक एटीएम काउन्टर। २. तिलगंगा टुरिस्ट काउन्टर।

९. ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि- भुवनेश्वरी चोकबाट नासलचोक प्रवेश गर्ने सानो ढोकाबाट प्रवेश गराई भट्ट–भण्डारी प्रवेशमार्ग हुँदै ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाका लागि विशेष दर्शनको व्यवस्था गरिएको छ।

१०. स्वयंसेवक तथा सुरक्षाकर्मीका लागि भोजन व्यवस्था

स्थान : हंस मण्डप

चिया तथा नास्ता : बिहान ६:००–८:०० बजे

खाना : ११:००–१:०० बजे

साँझको चिया तथा नास्ता : ५:००–८:०० बजे

११. पार्किङ व्यवस्था –

• तिलगंगा आँखा अस्पताल अगाडि

• पिङ्गलास्थान ठूलो पार्किङ

• भण्डारखाल अगाडि तथा कोषको परिसर

• सिफल चौर

• उमाकुण्ड पार्किङ

• गुह्येश्वरी पार्किङ तथा दिव्य पार्टी प्यालेस अगाडि

१२. स्वास्थ्य सेवा-

• पञ्चदेवल पूर्व सत्तल

• भुवनेश्वरी चोक

• उमाकुण्ड

• जयबागेश्वरी

• पोडेपाटी

• प्राणमुक्तेश्वर सत्तल

• भकुण्टोल -एम्बुलेन्स सेवा

१३. चन्दन–प्रसादी वितरण

• पशुपति मूलढोका अगाडि

• भकुण्डोल दक्षिण ढोका पाटी

१४. सञ्चारमाध्यम (मिडिया) का लागि स्थान

पशुपति मूलढोकाको उत्तरतर्फ

सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई तोकिएको व्यवस्था अनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

जय श्री पशुपतिनाथ

पशुपति क्षेत्र विकास कोष

सञ्चालक परिषद्

Padt User

Scroll to Top