f t y
July 22, 2026
Pashupatinath Logo
Government of Nepal

Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

PASHUPATI AREA DEVELOPMENT TRUST

Spiritual  |  Devotional  |  Cultural Heritage

Flag of Nepal
Welcome to Pashupati Area Development Trust, Devotees are kindly requested to follow temple guidelines and timings for a peaceful darshan experience — Official Website
Welcome

Latest Posts

Heritage

Latest Posts

Tradition

Latest Posts

पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाई जात्रा मनाइएको छ ।

22 July 2026
by
1 min read

पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाई जात्रा मनाइएको छ । मंगलबार पशुपतिनाथ आर्यघाटकी गंगामाईलाई ‘गंगामाई पानी देउ भन्दै’ रथयात्रा गराएको छ । हरेक वर्ष आसार शुक्ल सप्तमीका दिन स्वर्गमा रहेकी जलदेवी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ । यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने विश्वास छ ।

पशुपतिनाथको शिरमा विराजमान देवी गंगामाईको मूर्तिलाई विधिवत् पूजा गरी आर्यघाटस्थित गंगा मन्दिरमा पुर्याई महास्नान गराइन्छ, त्यसपछि गंगामाईको मूर्तिलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपको तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजाका साथ यात्रा गरिन्छ ।

गुरुजु पल्टनद्वारा तोप बढाइँ चढाएपछि सुरु भएको जात्रामा रथ तान्दै गौशाला, देउपाटन जयवागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिक्रम गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

Padt User

Scroll to Top