भदौ २४, २०८१, सोमबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np

घाट सेवा

घाट सेवा केन्द्र आर्यघाट, भस्मेश्वर घाट तथा विद्युतीय शवदाह गृहको ब्यवस्थापकीय पक्ष हो । हरेक शवको दाहसंस्कार गर्न कोषमा दर्ता गर्नुपर्छ । शवको आगमन हुनु अगाडि नै नियम अनुसार शुल्क तिरी दर्ता गर्नुपर्छ ।

घाट सेवा केन्द्रले शव बाहन उपलब्ध गराउँंदैन ।

पशुपति परिसर भित्रको शव बोक्ने कर्मचारी र गाडी सेवा दुरी अनुसार फरक फरक सेवाको शुल्क लिने व्यवस्था छ ।

यदि काजकिरियाको कसैका लागि आफन्त कोही नभए, केन्द्रबाटै सबै व्यवस्था मिलाइदिने गरिन्छ । पुरोहित पनि केन्द्रबाट व्यवस्था गर्ने परम्परा छ । काजकिरियामा के कस्तो काम गर्नुपर्छ र के सामान चाहिन्छ र यसको लागि के कति शुल्क लाग्ने हो त्यसको नियमानुसारको व्यवस्था रहेको छ ।

घाट सेवा केन्द्र २४ सै घण्टा खुला सेवा हो । यस कार्यका लागि दाता परिचालन समेत गरिएको छ ।