बैशाख ०७, २०८२, आइतबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np
श्रीपशुपतिनाथका सहायक पुजारी भण्डारीहरुसंग छलफल कार्यक्रम

श्रीपशुपतिनाथका सहायक पुजारी भण्डारीहरुसंग छलफल कार्यक्रम


श्रीपशुपतिनाथका भण्डारीहरुसंग पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव डा.मिलनकुमार थापा बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । आईतवार कोषको सभाहलमा भएको छलफल कार्यक्रममा भण्डारीहरुले सदस्य सचिव डा.थापालाई बधाई दिदै खुसि समेत ब्यक्त गरेका छन् । 
कोषमा कोषाध्यक्ष रहँदा भण्डारीहरुलाई माया गर्ने ब्यक्तिका रुपमा रहेका चिनिएका डा.थापाले सदस्य सचिव नियुक्ती भएपछि श्रीपशुपतिनाथको ब्यवस्थापन र बिकास प्रवद्र्धन गर्न सफल हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा भण्डारीहरुको तर्फबाट पुर्ण सहयोग गर्ने भण्डारी सेवक संघका सचिव ज्ञानेन्द्र राजभण्डारीले बताए ।
भण्डारी कल्याण कोषको ९ वर्षसम्म लेखा परीक्षण भएको थिएन । सदस्य सचिव डा.थापा कोषाध्यक्ष हुँदा उनकै सहयोगमा उक्त संघको लेखा परीक्षण गर्न भण्डारीहरु सफल भएका थिए । भण्डारी कल्याण कोषमा समेत डा.थापाको विशेष पहलले कोषको बृद्धि भएको थियो । भण्डारीहरुद्धारा सञ्चालित गुठीलाई आवश्यक भाँडा लगायत अन्य सामानमा समेत सहयोग गर्न डा.थापाको विशेष सहयोग रहेको थियो । 
श्रीपशुपतिनाथ मन्दिरको सेवक र परम्परागत रुपमै रखवालाको रुपमा भण्डारीहरु नै रहेका कारण आफु सधै भण्डारीको हितका लागि प्रतिवद्ध रहेको सदस्य सचिव डा.थापाले बताए । उनले भण्डारी सेवक संघका लागि कार्यालय राख्न तुरुन्तै निश्चित स्थान समेत ब्यवस्था गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कोष र भण्डारीहरु श्रीपशुपतिनाथका परिवार हुन् । परिवारमा एकता भए मात्र पशुपतिनाथको प्रवद्र्धन गर्न सकिन्छ उनले भनें । आगामी दिनमा श्रीपशुपति मन्दिर पुजा नियमावली २०६८ अनुसार प्रक्रिया अघाडि बढाईने पनि डा.थापाले जनाए । पछिल्ला दिनमा नियमावली छायाँमा परेका कारण भण्डारीको संयन्त्र प्रक्रिया अलमलमा रहेको समेत जनाए । अब त्यसको चाँडै निकास हुने डा.थापाले जानकारी दिए । बिधर्मीहरुले कोष र भण्डारीहरु बिचको सम्वन्ध छिन्नभिन्न पार्न लागि परेको भन्दै कोषलाई सहयोग गर्न आफुहरु तयार रहेको हरिशरण राजभण्डारीले बताए । केहि भण्डारीहरु कोषका पदाधिकारीहरु संग असन्तुष्ट हुन सक्लान् तर त्यो ब्यक्तिगत स्वार्थका कारण मात्र हो उनले थपे । भण्डारीहरुले कोष प्रति गरेको विश्वास सधैं अटल राखेको पनि उनले ब्यक्त गरे । 

श्रीपशुपतिनाथमा भण्डारीहरुलाई सहायक पुुजारीको रुपमा चिनिन्छ । मुल पुजारी भट्ट हरुलाई पुजामा सहयोग गर्ने र ढोकामा बसेर भक्तहरुलाई सेवा गर्ने जिम्मेवारी भण्डारीहरु कै रहन्छ । भण्डारीहरुले श्रीपशुपतिनाथ मन्दिरको संरक्षण गर्न समेत अहंम भुमिका खेलेका छन् ।