माघे संक्रान्ति अर्थात मकर संक्रान्ति माघ महिनाको १ गते पर्दछ । यसलाई माघी पनि भनिन्छ । यो किराँतहरुको नयाँ बर्ष पनि हो । किराँतहरुले यो पर्व परम्परादेखि नै मनाउदै आएको देखिन्छ । यो नेपालीहरुको एक विशेष पर्व हो ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ भनिएको हो । सामान्यतया सूर्यले सबै राशीलाई प्रभाव पारेता पनि सूर्य कर्कट राशी (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्घबाट उत्तरी गोलाद्र्घतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने गर्दछ ।
यो पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरहरुमा पूजाआजाका साथ मनाइन्छ । घिउ, चाकु, तिलको लड्डु र तरुल खाई यो पर्व मनाइन्छ । यस पर्वमा पशुपतिनाथको काखमा रहेको बागमती, तनहँुको देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवैवर्त पुराण तथा धर्मसिन्धु नामक ग्रन्थमा यस पर्वको विशेष चर्चा गरिएको छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्ड, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने विश्वास लिइन्छ । मीठो खाने, राम्रो लगाउने र भलो भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिना सुनाउने प्रचलन रहेको छ । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने गर्दछ । यस दिन मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरको छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
माघमासे महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।
महाभारतमा उल्लेख भए अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले यसै दिन गंगा लाई पृथ्वीमा अवतरण गराएका थिए ।