कुनै समय भारत तथा वरपरका देशहरु र कम्बोडियाजस्ता टाढाका देशहरुमा पनि पाशुपत मतको व्यापक प्रचार थियो । पशुपति पाशुपत दर्शन अनुयायीहरुका प्रधान देवता थिए र आफ्ना इष्टदेवको दर्शन गर्न विभिन्न ठाउँबाट श्रद्धालुहरु र ठूलाठूला साधकहरु समेत नेपाल आउने गर्थे । यसरी धेरै अघिदेखि नै पशुपति र पाशुपत क्षेत्रको प्रसिद्धि अन्तर्राष्ट्रिय जगतमा फैलिएको थियो । यो क्षेत्र नेपाल र नेपालीको चिनारीको सशक्त माध्यम बनेको थियो । वर्तमानमा पनि विश्व सम्पदा सूचीमा समाविष्ट रहेको यस क्षेत्रको महत्ता र प्रसिद्धिले विश्वभरिका सबै श्रद्धालु, इतिहास र संस्कृतिका अध्येताहरुलाई आकर्षण प्रदान गरिरहेको छ । अतः यस क्षेत्रको संरक्षण र विकास गरी पारस्परिक सद्भाव र विश्वबन्धुत्वको प्रतीककारुपमा अझै सशक्त ढङ्गले विश्वभर परिचित गराउनेतर्फ लाग्नु नेपाली मात्रको दायित्व बनेको छ ।
आफ्ना अनेकौं विशेषताहरुले सम्पूर्ण हिन्दूजगतलाई स्वधर्मनिष्ठा, पारस्परिक सद्भावना, आत्मीयता र विश्ववन्धुत्वको प्रेरणा प्रदान गर्दै दिव्यताको प्रतीकका रुपमा अवस्थित पावन पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४४ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा पशुपति क्षेत्र विकास कोष स्थापना भई आफ्नो कर्तव्यपथमा क्रियाशील रहेको छ ।
विश्वका विभिन्न भागबाट असीम श्रद्धा बोकी श्रीपशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुलाई स्थान, दर्शन, पूजन र परिक्रमा आदिको सु–अवसर उपलब्ध गराउने कार्यमा लागिपर्नुका साथै पशुपति क्षेत्रको धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाको संरक्षण गरी प्राकृतिक सौन्दर्य तथा वातावरणमा समेत सन्तुलन कायम राखेर यस क्षेत्रलाई सुव्यवस्थित, स्वच्छ र सुन्दर पार्न कोष प्रयत्नरत छ ।
पशुपति क्षेत्र बिकास कोषका उद्वेश्यहरु
आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर परिसर, नित्यपूजा, तथा भक्तजनहरुको व्यबस्थापन गर्ने ।
पशुपतिनाथ गुठीसँग सम्बद्व जग्गाहरु तथा अमालकोट कचहरीसँग सम्बद्व जग्गा प्रशासन सञ्चालन गर्ने ।
पशुपतिनाथ मन्दिर तथा गुठी जग्गाको आय व्यवस्थापन गर्ने ।
पशुपति क्षेत्रमा पालिएका मृग, नन्दी, परेवा, बाँदर तथा अन्य जनावरहरुको स्वास्थ्य तथा भोजनको उचित व्यवस्थापन गर्ने ।
पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व, बालाचतुर्दशी पर्व, अक्षय तृतीया पर्व, हरितालिका तिज पर्व तथा अन्य विशेष पर्वहरु सञ्चालन व्यबस्थापन गर्ने ।
पशुपति क्षेत्र वरिपरी सञ्चालन हुने बिभिन्न जात्रापर्वहरु सञ्चालन व्यवस्थापन गर्ने
पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रिय एवं राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य आध्यात्मिक पर्यटन प्रबर्द्धन गराउने ।
पशुपति क्षेत्रको सुरक्षा व्यवस्थापनको संयोजन गर्ने ।
पशुपतिनाथको महात्म्य एवं शैव सम्प्रदायको अध्ययन, अनुसन्धानसहित वैदिक एवं तान्त्रिक पूजाविधिहरुको लेखन प्रकाशन एवं प्रसारण गर्ने ।
पशुपति क्षेत्र बिकास कोषका मुख्य आयश्रोतहरु
पशुपति क्षेत्रमा पर्यटन शुल्क
अक्षयकोष व्याज आम्दानी
कुतवाली
सेवा शुल्क
भेटीघाटी तथा चन्दा
पसलकवहरुबाट उठ्ने बहाल
जग्गाको भोगाधिकारबाट प्राप्त आम्दानी
विशेषपूजाबाट हुने आम्दानी
धर्मशालाबाट हुने आम्दानी
पार्किङ शुल्कबाट हुने आम्दानी
पूजापाठ को निम्ति उपलब्ध गराएको भेटीघाटी र दानदक्षिणा
किरियापुत्री सेवा, शवदाहन सेवा, शवदाहन सामानको शुल्क आदि
पशुपति क्षेत्र विकास कोषका क्रियाकलापहरु
महाशिवरात्री पर्व व्यवस्थापन
बालाचतुर्दशी पर्व व्यवस्थापन
बोलबम पर्व व्यवस्थापन
साउने सोमबार पर्व व्यवस्थापन
हरितालिका तीज पर्व व्यवस्थापन
स्थानीय जात्रा पर्वहरुको ब्यबस्थापन
घाट व्यवस्थापन
शवदाह व्यवस्थापन
मृगस्थली व्यवस्थापन
साधुसन्त स्वागत तथा बासस्थान व्यवस्थापन
पशुपति वाग्मती गंगा आरती व्यवस्थापन
गुह्येश्वरी मन्दिर व्यवस्थाप
पशुपति क्षेत्र विकास कोषका खर्चका अवस्थाहरु
कोष कार्यालय सञ्चालन
कर्मचारी तलब व्यवस्थापन
भट्ट पुजारी तथा भण्डारीहरुको मासिक तलब भत्ता व्यवस्थापन
पालेपहरा तथा बाजा बजाउनेहरूको तलब भत्ता व्यवस्थापन
परेवा, बाँदर मृगहरूको खाना वास व्यवस्थापन
विकास निर्माण
पर्व तथा जात्रा व्यवस्थापन
विशेष पूजा खर्च
नित्यपूजा खर्च
ब्राह्मणहरूको दक्षिणा खर्च
वेदविद्याश्रम संचालन, अनुदान
जग्गा संरक्षण व्यवस्थापन
प्रचार प्रसार
वाग्मती सफाई
मन्दिर सरसफाई तथा रङरोगन
घाट / विद्युतीय शवदाह गृह सञ्चालन
राष्ट्रिय एवं अन्तराष्ट्रिय सम्मेलन सहभागीता तथ आयोजना
गौशाला सञ्चालन
धर्मशाला सञ्चालन
गुह्येश्वरी मन्दिर व्यवस्थापन
किराँतेश्वर संगीताश्रम तथा मन्दिर सञ्चालन