भदौ २४, २०८१, सोमबार
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.gov.np

मन्दिरको दैनिक कार्यक्रम तालिका

  • बिहान ८:०० बजे मन्दिरको ढोका खुल्ने,
  • बिहान ८:३० बजे मूल भट्ट र भण्डारीहरुको  मन्दिर आगमन पछि भगवानको मूर्ति तथा भाँडाकुडा पखालेर सफा कपडाले पुछि तयार, मूलभट्ट र अन्यहरुबाट स्नान गराई नित्यपूजा कार्य प्रारम्भ,
  • बिहान ९:३० बजे भगवानका लागि बालभोग प्रस्तुत गरिने,
  • बिहान १०:०० बजे स्वागत पूजा नित्यपूजा प्रारम्भ,
  • १:४५ बजे पूजा समाप्त भई मूलभोग भगवानलाई प्रस्तुत,
  • २:०० बजे मन्दिरका चारै ढोका पुनः बन्द गरिने,
  • २:०० बजे देखि ५:००  बजेसम्म बिश्राम,
  • बेलुकी ५:१५ बजे पुनः मन्दिरको ढोका खोली नित्य आरती, जल अभिषेक,
  • बेलुकी ६:०० बजे वाग्मती गंगा आरती, (वाग्मती समूहद्वारा एघार शिवालय अगाडि आरती प्रस्तुत),
  • बेलुकी ७:०० बजे सबै ढोका बन्द ।

 

नित्यपूजा

भगवान पशुपतिनाथको मूल मन्दिर तथा वासुकी मन्दिरमा नित्यपूजा विधिसम्मत हुने गर्दछ ।

वरिपरिका मन्दिरहरुमा पनि नित्यपूजाका साथ विशेष पर्व पूजाहरु समेत सञ्चालन हुने गर्दछन् ।

 

विशेषपूजा

पशुपति क्षेत्रबिकास कोषले विशेष पूजाका लागि २०५४ साल देखि कार्यविधि निर्माण गरी रु ११००, २१००, ५१००, ११,०००, २७,०००, ५५,०००, १,५६,०००, २,५१,०००, ५,५१,००० तथा सो भन्दा बढीका बिशेषपूजा व्यवस्थापन गर्दै श्रद्घालु भक्तजनहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसै गरी वासुकीनाथको दुग्धार्पण सेवा २५५।– तथा दैनिक नित्यपूजा ५०५।– गरी विशेष पूजा व्यवस्थापन गरिएको छ ।